होलीमा पनि फतुवा विजयपुरका कर्मचारीले तलब नपाउने सम्भावना

Exif_JPEG_420

रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीहरू पर्वमा पनि तलब तथा सुविधा नपाउने भएका छन् । गत फागुन ३ गते नगरसभा सम्पन्न गरेका नगरपालिकाका योजनाहरू सञ्चालनका अख्तियारी प्रदान नभएको कारण रोकिएकाले होली पर्वमा पनि कर्मचारीले तलब तथा सुविधा नपाउने सम्भावना बढ्दै गएको हो ।

नगरसभाबाट पारित भएको योजना, कार्यक्रम तथा प्रशासनिक खर्च गर्न नगरप्रमुखबाट स्वीकृती लिनुपर्ने कानुनी प्रावधान रहेकोमा अहिलेसम्म कार्यवाहक नगरप्रमुख अम्बया खातुनले अख्तियारी प्रदान नगरेका कारण आर्थिक कारोवार रोकिएको लेखापाल नबिन यादवले बताए ।

खर्च गर्ने अख्तियारी प्रदान नभएको कारण नगरपालिकाका कर्मचारीको गत जेठ महिनादेखि तथा साउन महिनादेखि शिक्षक कर्मचारीको तलब भुक्तानी हुन नसकेको लेखापाल यादवले बताए । तलब नपाएको भन्दै शिक्षकहरुले पटक–पटक आन्दोलन गर्दै आएकाच छन् ।

शिक्षकहरुले वार्षिक परीक्षा नलिने घोषणा गरेपछि कार्यवाहक नगरप्रमुख खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले चैत ४ गतेसम्म बाँकी रहेको तलब तथा सुविधा दिने प्रतिबद्धता जनाएपछि शिक्षकहरुले धर्ना कार्यक्रम स्थगित गरेका थिए ।

कार्यवाहक नगरप्रमुख खातुनले कर्मचारीहरुको तलब र कार्यालय सञ्चालन खर्चको लागि अनुमति दिन तयार रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल यादवले सम्पूर्ण योजनाको बजेट सञ्चालन गर्न अनुमति दिनुपर्ने अडान लिएको बताए ।

रेड बुक आफैँ तयार गरी करिब ३ करोडभन्दा बढी रकम निकाल्ने षड्यन्त्र गरेको कर्मचारीको तलब बाहेकको खर्च गर्न अनुमति दिने अवस्था नरहेको उनको भनाइ छ । कार्यवाहक नगरप्रमुख खातुनले नगरसभाको खर्च भनेर २० लाख उल्लेख गरेकाले अनियमितताको आशंका रहेको बताए ।

प्रतिक्रिया