महिला कर्मचारीलाई यौन दुर्व्यवहारकाे घटनामा राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

काठमाडौं । महिला सहकर्मी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन् । एक उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै परेको उजुरीउपर छानविन गर्दा दोषी देखिएपछि आचार्यलाई बर्खास्त गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम आचार्यलाई बर्खास्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गत पुस अन्तिम साता नगरकोटमा आयोजित कर्मचारीहरुको तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रममा निर्देशक आचार्यले उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको बताइएको छ । कारवाहीको माग गर्दै ती महिला कर्मचारीले उजुरी हालेकी थिइन । उजुरी उपर छानबिन गर्दा दोषी ठहर भएपछि कारवाही स्वरुप बर्खास्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया