फाल्गुनन्द घुर्विसे पञ्चमी बजारमा आगलागी

पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका घुर्विसे पञ्चमी बजारमा आगो लागेको छ । स्थानीय र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आइतबार साँझ साढे सात बजे सुरु भएको उक्त आगो करिब साढे ९ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण तीनवटा घर पूर्ण रुपमले नष्ट भएका छन् । आगलागी हुँदा कबिन्द्र लावती, अम्बिका सापकोटा र श्रीनारायण भट्टराईको घर जलेका छन् । तर, क्षतिको विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया