रौटहट । इन्टरनेशनल बाल एकेडमी गौरको आयोजनामा शनिवार बेबी डान्स प्रतियोगिता २०८० सम्पन्न भएको छ । होली पर्वको अवसर पारेर विद्यालयले आयोजना गरेको प्रतियोगितामा सम्वोधन गर्दै गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा उत्साह जागरूक गराउने बताएका छन् ।
बालबालिकालाइ अध्यन बाहेक अन्य क्षेत्रको अनुभव र ज्ञान आवश्यक भएकोले जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयले पनि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने उनले बताए ।
निजी विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाइ नेपाली भाषा लेखनमा ध्यान दिनुपर्ने सुझाव दिदै अंग्रेजी माध्यमबाट अध्यन गर्ने बाल बालिकामा नेपाली लेखन कमजोर हुने गरेकोले हरेक दिन नेपाली लेख्ने अभ्यास गर्नुपर्ने उनले बताए ।
उक्त स्कुलले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । यस बर्षको प्रगियोगिताको उपाधि आदित्य साहले जितेका छन् । साहलाइ शील्डसहित नगद ३ हजार रुपैयाँ पुरस्कार दिइएको प्रिन्सिपल सन्तोष पौडेलले जानकारी दिए ।
प्रतियोगितामा पुष्पाञ्जलि दोस्रो र गुड़ीकुमारी रामले तेस्रो स्थान हासिल गरेका छन् । कार्यक्रममा आयोजना गरिएको विभिन्न खेल प्रतियोगिताका सफल प्रतियोगिलाई पुस्कृत गरिएको थियो ।
प्रतिक्रिया