मेयर भिखारीद्वारा प्रशासनिक भवनको शिलान्यास

गौर । जिल्लाको राजदेवी नगरपालिकाको निर्माण हुने प्रशासनिक भवनको शनिवारमा शिलान्यास गरिएको छ । नगर प्रमुख भिखारीप्रसाद यादवले निर्माण हुने प्रशासनिक भवनको शिलान्यास गरेका हुन ।

२०८२ साल फाल्गुन २० गते भवन निर्माणको कार्य संपन्न गर्ने गरी चौधरी कन्स्ट्रक्सन गौरले प्रशासनिक भवन निर्माणको ठेक्का सकार गरेको प्रमुख प्रशासकीय अधिकृत प्रलभ कायस्थले जानकारी दिए ।

राजदेवी नगरपालिका र स्थानीय पूर्वाधार बिभागको साझेदारीमा सञ्चालन हुने आयोजनाको कुल लागत १२ करोड़ २१ लाख तीन सय ७९ रुपैयाँ ५६ पैसा करसहित लागत अनुमान भएको योजनाको ११ करोड़ ९४ लाख ७३ हजार ९२ रुपैयाँ ७१ पैसा करसहितमा निर्माण कम्पनीले ठेक्का सकार गरेको हो । योजनाको समझौता २०८० फाल्गुन २१ मा भएको अधिकृत कायस्थले जानकारी दिए ।

शिलन्यास पछि सम्वोधन गर्दै नगरप्रमुख यादवले नगरपालिकाको आफ्नो भवन भए पछि एकै ठाउबाट सवै सेवा प्रवाह गर्न सहज हुने बताए । भवनको आभावमा छूटा छूटै ठाउबाट सेवा प्रबाह हुदै आएकोले सर्व साधारणलाइ समस्या उत्पन्न हुने गरेकोमा भवन निर्माण भएपछि यसको अन्त्य हुने उनले बताए ।

लगात अनुमान गरिएको रकमबाट करीव ३ प्रतिशत घाटामा ठेक्का सरकार गरेका निर्माण कम्पनीका सञ्चालक उपेन्द्र चौधरीले निर्धारित समयमानै भवन निर्माण गरी नगरपालिकालाइ जिम्मा लगाउने बताएका छन् । घाटामा सकार गरिए पनि भवन निर्माणको कार्य स्तरीय गरिने उनले प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाका इन्जिनियर संजय पाण्डेयले समयमा भवन निर्माणको कार्य सम्पन्न नगरे निर्माण कम्पनी माथि कार्यवाही समेत गरिने बताए । साढ़े तीन तल्ला बनाइने भवन बन्ने छ ।

निर्माण हुने प्रशासनिक भवनको परिसरमा सवारी पार्किङ, गार्डेन, झरना समेतको नक्सा रहेको उनले जनाए । शिलन्यास कार्यक्रममा नगर उपप्रमुख राजकुमारी साह, निर्वाचित वड़ा अध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया