बालविवाहले जिवनको व्यवस्थापन हुँदैन्ः एसपी श्रेष्ठ

रौतहट । बालविवाहले जिवनको व्यवस्थापन नहुने रौतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । बालविवाहलाइ रोक्न सकेमात्र खुुसीपूर्ण जिवन व्यतित गर्न सकिने उनले बताए । जिल्लाप्रहरी कार्यालय रौतहटले कटहरियाको विवाह भवनमा आयोजना गरेको बालविवाह, दाइजो प्रथालगायत महिला विरुद्ध हुने कसुर सम्बन्धि जनचेतनामूलक कार्यक्रमलाइ सम्बोधन गर्दै एसपी श्रेष्ठले यस्तो बताएका हुन् ।

कानुनको बारेमा मान्छेले थाहा नपाउँदा बालविवाहले गर्दा दुुःख पाउने र पीडामा पर्ने गरेको उनले बताए । यसका लागि कानुनी व्यवस्थाका बारे थाहा पाइ राख्न जनचेतना मूलक कार्यक्रम गरिएको उनले जानकारी दिए । उनले भने, ‘यस्तो सचेतनाका कार्यक्रम बेला बेला चलाए बालविवाहको घटना कम हुनसक्छ ।’ उनले भने, ‘मान्छेले सम्पति कमाएर भौतिक सुविधा जोडेपछि मात्र खुसी हुादैन, यसका लागि मान्छेको जिवन राज्यद्धारा निर्माण गरिएका कानुुनी व्यवधान भित्र हुन्छ तब मात्र पूर्ण रुपमा खुसी हुन्छ ।’

बालविवाहले जिवनको व्यवस्थापन नहुने एसपि श्रेष्ठले बताए । विवाहगर्नु अघि विवाहदर्ता गराएर मात्र गर्न दिनु हुन उनले स्थानिय सरकारसँग आग्रह गरे । यस अर्को प्रसंगमा उनले जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुुसार ३६ जना भागेर बालविवाह गरेको खुलासा गरे । तिनीहरुलाइ फर्काएर ल्याइ अभिभावकलाइ बुुझाउनु परेको उनले बताए । कटहरिया नगरपालिकाको प्रमुख अजय प्रकाश जयसवालको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमा उपमेयर रितादेवी यादवलगायतको उपस्थिती थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया