कलैया । सवारी चालक अनुमतीपत्र र गाडी नविकरण गर्न बाहिरी जिल्ला जान पर्ने अवस्थाको अन्त भएको मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन् ।
शनिबार बाराको कलैया स्थित वर्षा ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गर्दे उनले उक्त कुरा बताएका हुन । सो अवसरमा उनले भने, ‘मेरो नेतृत्वमा आएको सरकारले अहिलेसम्म बारा, रौतहट र सर्लाही जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएको र भोलिको दिनमा मधेस प्रदेशको हरेक जिल्लामा बिस्तार गर्ने योजना छ ।’
सो अवसरमा उनले लाइसेन्स र बुलुबुकमा रहेको सेन्टिगेट अन्त गरेको समेत बताएका थिए । साथै उनले चैतसम्म सम्पूर्ण गाडी नविकरण गर्दा जरिवाना नलाग्ने भएकोले चैत महिना भित्र म्याद सकिएका गाडीको नविकरण गर्न समेत आग्रह गरे ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिती बाराका सभापति नरेन्द्र साह, कलैया अस्पतालका अध्यक्ष प्रकाश चौगाइ, लगाएतले शुभकामना दिएका थिए ।
प्रतिक्रिया