गरिमा परियोजन लागू भएपछि खप्तडछान्नाका महिलाले छाडे छाउगोठ

संस्थाका कर्मचारी समुदायस्तरमा महिनावारीसमन्धी बुझाउँदै

बझाङ । बझाङ जिल्लाको खप्तडछान्ना गाँउपालिकाका महिलाहरुले गरिमा परियोजना लागू भएपछि छाउगोठ छाडेर घरमा बस्न थालेको बताए छन् ।

खप्तडछान्ना गाँउपालिका– ७ स्थानीय रत्नारुपा सिंहले भनिन्, ‘सुरुसुरुमा हामीलाई महिनावारी हुँदा गाँउका सबै महिला दिदिबहिनीहरु घरभन्दा टाढा छाउगोठमा बस्थ्यौँ दही, दूध नखाने र गाईभैँसीहरुलाई समेत हामीले काटेर ल्याएको घाँस दिँदैनथ्यौँ, गरिमा परियोजनाको तालिम गोष्टीहरुमा जान थालेपछि महिनावारीको विषयमा थाहा भयो, आजभोलि घरमै बस्न थालेका छौँ ।’

आफू सानो उमेरको हुँदा पहिलेका आमालगायत गाउँका अग्रज महिलाहरुले महिनावारी हुँदा घरभन्दा टाढा बसेको, गाईभैँसी नछोएको, दही दूध नखाएको थाहा भएको र गाईँभैसीको दुघ, दही–मही खाए देउता रिसाउँछन भन्ने सुनेको उनले बताइन् ।

तर, अहिले गरिमा परियोजन संस्थाको कार्यक्रम लागू भएपछि किशोरी क्लबको अध्यक्ष भएर विद्यालयमा पनि महिनावारीसमन्धी केही कुराहरु बुझेपछि महिनावारी भनेको सामान्य प्रक्रिया भएकाले दही दूध खानुपर्ने, घरमै बस्नुपर्ने भनेर सबैलाई बुझाउँदै हिँडेको सिंहले बताइन् ।

परापुर्वकालदेखि चलिआएको चलन आफूहरुले पनि अपनाकाले अब समय बिस्तारै बदलिँदै गएको र अब आउने पुस्ताले महिनावारी हुँदा बार्ने कुराहरु हट्दै गएको ६० वर्षीय मस्टा देवताका धामी विरमल धामीले बताए ।

उनले गरिमा परियोजनाका पदाधीकारीहरुले पनि गाउँगाउँ गएर महिनावारी स्वास्थ्य प्रजननको विषयमा महिला धामी तथा पूजारीहरुलाई तालिम दिँदै आएकाले यस तालिमबाट धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै उनले महिनावारीलगायत यी कुप्रथाहरु हटाउँदै जानुपर्ने धामीले बताए ।

ग्रीनतारा नेपाल ग्रामीण शिक्षा तथा तथा वातावरण विकास केन्द्र रिड नेपालले गरिमा परियोजनाअन्तर्गत गाँउपालिका तीन वर्षदेखि महिनावारी प्रथा अन्त्य प्रजनन् स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया