सर्लाही प्रहरीले बुझायो एकै दिन २०२ जना अभियुक्तलाई जिल्ला अदालत

लालबन्दी । सर्लाही प्रहरीले शुक्रबार एकै दिन विभिन्न कसुरमा फरार २०२ जना अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।

कुटपिट, जुवा तास, जालसाजी, डाका, चोरी, जबरजस्ती करणी र भ्रष्टाचारलगायत कसुरमा संलग्न अभियुक्तहरुलाई जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक दिपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा र अन्य विभिन्न युनिटहरुबाट खटिएका प्रहरीले पक्राउ गरेका अभियुक्तहरुलाई एकै दिन अदालत बुझाइएको हो । अदालतमा बुझाइएका अभियुक्तहरु ५ दिनदेखि साढे ३ वर्षसम्म कैद र एक सयदेखि ३ लाख ६३ हजारसम्म जरिवाना गरिनुपर्ने रहेका छन् ।

प्रतिक्रिया