वीरगञ्ज । पर्सा प्रहरीले एक हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंं १५ बसपार्कबाट नियन्त्रणमा लिइएको सो मदिरा नष्ट गरिएको हो ।
बसपार्कमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गरिरहेको अवस्थामा पथलैयाबाट बिभिन्न सवारी साधनमा तयारी घरेलु मदिरा लुकाई छिपाई ल्याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
१००० लिटर तयारी घरेलु मदिरा बरामद गरी स्थानीय तथा भद्रभलादमीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय पर्साको खाली जग्गामा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया