वीरगञ्ज । हुण्डी कारोबारीमा सलंग्न चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित कुनालकुमार जैसवालको किराना पसलबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले हुण्डी कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका १० बस्ने वर्ष ३२ को कुनालकुमार जैसवाल, वडा नं २२ मा बस्ने वर्ष ३९ को बिरेन्द्र साह तेली, वर्ष २० की रेखाकुमारी साह, पर्सा जगरनाथपुर गाउँपालिका ६ बस्ने वर्ष २५ को मितुकुमार कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट विभिन्न बैंकहरूको चेकवुक १३ थान, विभिन्न मितिमा काटिएको चेक ६६ थान, विभिन्न बंकहरुको डिपोजिट स्लिपसहित नगद चार लाख तिन हजार रुपैयाँसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरु विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया