भारेकोटका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १ अन्तरगत पर्ने नेपाल राष्ट्रिय मिन माध्यमिक विद्यालय भारेकोटमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएको छ । उक्त विद्यालयमा अध्ययनरत ३२२ जना विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका– १ को आर्थिक वर्ष २०८०–०८१ को स्वकृती वार्षिक कार्यक्रम अनुसार बिहीबार कार्यक्रमको आयोजना गरी वडा नम्बर १ को सहयोगमा नेपाल राष्ट्रिय मिन माध्यमिक विद्यालय भारेकोमा अध्ययनरत ३२२ जना विद्यार्थीलाई निःशुल्क ट्याक्सुट पोशाक वितरण गरिएको छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष पदमराज मल्लले बताए ।

सदरमुकाम गमगढीसँगै जोडिएको सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाकमा समस्या देखिएपछि नगरपालिका–१ वडा कार्यालयले पोशाक उपलब्ध गराएको बताइएको छ । छायाँनाथ रारा नगरपालिका–१ वडा कार्यालयले तीन लाख रुपैयाँ खर्च गरेर विद्यालयमा अध्ययनरत ३२२ जना सबै विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडाध्यक्ष मल्लले बताए ।

विपन्न समुदायका विद्यार्थीहरुले निःशुल्क पोशाक पाएपछि खुसी भएका छन् । त्यसबाट विद्यालयको पठनपाठन र नतिजामा समेत सुधार हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको र अन्य शैक्षिक प्रोत्साहन शैक्षिक सुधारका कार्यक्रम वडा कार्यालयबाट निरन्तर गरिने अध्यक्ष मल्लले जानकारी दिए ।

प्रतिक्रिया