काठमाडौं । लोकदोहोरी गायक एवं सर्जक नरेश खाती क्षेत्रीको गीत ‘किन रुवाको’ ट्रेण्डिङ १ मा पर्न सफल भएको छ । गायक खातीको शब्द रचना र संगीत रहेको उक्त गीतमा नव बाल गायक हिमाल परियार र बाल गायिका पूजा देवकोटाले आवाज दिएका छन् ।
विशाल निरौलाले संगीत संयोजन गरेको सो गीतको भिडियो मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत केही दिनअघि सार्वजनिक भएको हो । यसभन्दा अगाडि पनि गायक खाती आफैँ र अन्य कलाकारले आवाज दिएका धेरै गीतहरु ट्रेण्डिङमा पर्दै आएका थिए ।
पछिल्लो समय आफ्ना गीतहरुले यसरी ट्रेण्डिङ १ मा स्थान बनाउँदा सौभाग्य र आम दर्शक श्रोताको रोजाइमा परेको गायक खातीले बताए ।
‘आम दर्शक श्रोताको रोजाइमा नपरी त ट्रेण्डिङमा पर्न सक्दैन,’ गायक खातीले भने, ‘मेरो सौभाग्यमा भगवानरुपी दर्शकहरुको ठूलो माया छ ।’ यसपछि पनि अन्य गीतहरुरु बजारमा ल्याउन त्यारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया