स्थानीय तहले चासो नदिँदा भूमिहीनको लगत संकलनमा ढिलाइ

मुगु । हिमाली जिल्ला मुगुमा स्थानीय तहले भूमिहीनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाइ भएको छ । मुगुमा रहेका चार वटा स्थानीयतहहरूले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलनमा चासो नदिँदा भूमिहीनको लगत संकलनमा ढिलाइ भएको हो ।

राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन, प्रगति विवरणका विषयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै राष्ट्रिय भूमि आयोग मुगुका अध्यक्ष लालचन्द्र्र विकले मुगुका चार वटा स्थानीयतहहरूले भूमिहीनको लगत संकलनमा चासो नदिँदा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलनका ढिलाइ भएको बताए ।

उनका अनुसार दुई वर्ष पुगीसक्दा पनि भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलन मात्रै भएको छ । हालसम्म के कति भुमिहीन छन् भन्ने एकिन तथ्यांक अmझै स्पष्ट नआएको अध्यक्ष्य विकले बताए ।

भूमिहीन लगत संकलनका लागि प्रथमपटक २०७९ भदौ २९ गते ३५ दिने पहिलो सूचना प्रकाशित गरिएको थियो त्यो समयभित्र जिल्लाका कुनै पनि स्थानीयतहले भूमिहीन लगत संकलन नगरेकाले दोस्रो सूचना २०८० फागुन १ गते पुनः ३५ दिने सूचना प्रकाशित गरेपछि भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलन गरेर छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र मुगुम कामारोङ गाउँपालिकाले मात्रै लगत संकलन गरेर राष्ट्रिय भूमि आयोगमा पठाएका अध्यक्ष विकले बताए ।

सोरु गाउँपालिकाले अझै लगत संकलन गरेर पठाएको छैन । हालसम्म भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलन गरेर छायानाथ रारा नगरपालिकामा ४ सय १७, खत्याड गाउँपालिकामा ७ सय ५७ र मुगुम कामारोङ्ग गाउँपालिकाले ३ सय ४० जनाको एकमुष्ठ लगत संकलन गरेर पठाएका छन् भने सोरु गाउँपालिकाले समय समाप्त हुनै लाग्दासमेत लगत संकलन गरेर पठाएको छैन । भूमिहीनको लगत संकलनका लागि दोस्रोपटक प्रकाशित सूचना आगामी चैत ५ गते सकिँदै छ । समय सीमाभित्र पनि सोरु गाउँपालिकाबाट भूमिहीनको लगत संकलन गरेर आएन भने अन्य प्रक्रियामा जाने राष्ट्रिय भूमि आयोग मुगुले जनाएको छ ।

प्रतिक्रिया