बझाङमा पाँचदिने आधारभूत मनोसामाजिक परामर्श तालिम

बझाङ । बझाङ जिल्लामा मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ । प्रगतिशील युवा समाजको आयोजना र वल्र्डभिजन ईन्टसनेशनल नेपालको साझेदारी सञ्चालित पाँचदिने आधारभूत तालिम बिहीबार सम्पन्न भएको प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केशीले बताए ।

अध्यक्ष केसीले पछिल्लो समय बालबालिकाहरु, युवा र वृद्धवृद्धाहरुमा विभिन्न प्रकारका मनोसामाजिक समस्या हुने भएकाले प्रगतिशील युवा समाज र दलित सहयोग समाजमा कार्यरत फिल्ड अफिसरहरुलाई तालिम दिएको र फिल्ड अफिसरहरुले समुदायस्तरमा काम गर्न सहज हुने बताए ।

यस तालिमबाट सहभागीहरुले आफूसँग भएको सबखाले तनाब कसरी व्यवस्थापन गर्न सकिन्छ र समुदायस्तरमा काम गर्न जाँदा समुदायका मानिसहरूलाई पनि परामर्श दिने काम गरे यो कार्यक्रम उपलब्धी मुलक हुने वल्र्डभिजन इन्टरनेशनल नेपालका तिलक केसीले बताए ।

संस्थाले आवश्यकताको आधारमा सही कार्यक्रम ल्याएको र समुदायस्तरमा काम गर्दै जाँदा दुरदराजका दाजुभाई दिदिबहिनीहरुलाई परामर्श दिने काम गर्ने आश लिएको उनले बताए । तालिममा सहभागीहरुले पनि आ–आफ्नो व्यवहारमा सधैँ सरलता, नविनता, ईच्छुकता हुनुपर्ने प्रशीक्षक राजबहादुर गिरीले बताए ।

प्रतिक्रिया