सामुदायिक विद्यालयका शिक्षक कर्मचारी सम्मानित

पर्सा । पोखरिया नगरपालिकाको नगर उपप्रमुख स्तरीय योजनाअन्तर्गत सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरूलाई सम्मान गरिएको छ । पोखरिया नगरपालिकाले आयोजना गरेको २५ वटा सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारी गरी २ सय ४० जनालाई सम्मानित गरिएको हो ।

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रद्युमनप्रसाद चौहानले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । पोखरिया नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीलाई प्रमाणपत्र, गम्छा, ब्याग दिएर सम्मानित गरेका छन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौहानले शिक्षकलाई भगवान्को दर्जा दिँदै बालबालिकाका लागि आमा बुबापछि शिक्षक गुरु र भगवान् रहेको बताए । उनले भने, ‘शिक्षकले चाहे भने बालबालिकालाई शिक्षा दिएर उज्यालो दिन सक्छ, चाहेन भने अँध्यारो पनि दिन सक्छ, त्यसैकारण शिक्षकले बालबालिकालाई भगवान् भएर उज्यालो दिन्छ ।’

सम्मान कार्यक्रममा नगर उपप्रमुख रूबी ठाकुरले विद्यार्थीहरूको भविष्य शिक्षकको हातमा रहेको बताइन् । शिक्षकको मिहिनेत र इमानदारीका कारण पोखरियामा शिक्षा सुधार भएकोले नगरपालिका शिक्षक, शिक्षिका र कर्मचारीहरूको उच्च मनोबल बढाउनलाई सम्मानित गरिएको बताइन् । आउने दिनमा यो भन्दा राम्रो शिक्षक र विद्यार्थीहरू हकहितमा कार्यक्रम लिएर आउने नगर उपप्रमुख ठाकुरले प्रतिवद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया