शान्तिपूर्ण ढंगले होली मनाउन मेयर जयसवालको आग्रह

रौतहट । कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढंगले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आग्रह गरेका छन् ।

बुधबार कटहरिया नगरपालिका– ८ को आयोजनामा भएको होली मिलन समारोह कार्यक्रम सम्पन भएको हाे । सो वडाको पिप्रा पोखरिया टोलमा होली मिलन समारोह कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका कटहरिया नगरपालिकाका नगरप्रमुख जयसवालले भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढंगले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि कटहरियाका नगरप्रमुख जयसवालसहित, वडा नम्बर ८ का वडाध्यक्ष समिश बिक्रम शाह, कार्यपालिका सदस्य मनोज जयसवाल, वडा सदस्यहरू, कर्मचारीहरू, स्थानीय भद्रभलादमीहरूको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा उपस्तिथ सम्पूर्णले आ–आफ्नो मन्तब्यका क्रममा सावधानी पुर्वक होलि मनाउन आग्रह गरेका थिए । कार्यक्रममा वडाध्यक्ष समिस बिक्रम शाहको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया