सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कलैया । ‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिई सीप सिकेर मात्र जाऔँ’ भन्ने मूलनाराका साथ बुधबार बाराको कलैयामा एकदिने सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सञ्चारकर्मीसँग अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दलित उत्थान केन्द्र बाराको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम बाराको जितपुर सिमरा उपमहानगरपालिका, सिमौनगढ नगरपालिका र बारागढी गाउँपालिका सहकार्यमा कार्यक्रम भएको आयोजकले जानकारी गराएका छन् । कार्यक्रममा वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित र मर्यादित र सीपको व्यवस्थापनका लागि गरिएको जानकारी गराइएको थियो ।

वैदेशिक रोजगारीमा जादा सीप सिकेर र आफूले सिकेको काममा मात्र जान अनुरोध गरिएको थियो । कार्यक्रम संयोजक सरोजकुमार सिंहले दिएको जानकारीअनुसार कम्तिमा वैदेशिक रोजगारीमा जाँदा ३० दिनको तालिम लिएर मात्र जानुपर्छ । वैदेशिक रोजगारीमा जाँदा अप्रवासी स्रोत केन्द्रबाट सूचना प्रवाह जम्मा २ हजार २ सय १७ जना रिट्र्नी स्वयंसेवकबाट सूचना प्रवाहबाट ९ हजार १ सय ४० जना वैदेशिक रोजगारीमा गएको उनले जानकारी गराएका थिए ।

उनले ‘इसी प्रकाश’को फर्मुला देखाउँदै यस माध्यमबाट वैदेशिक रोजगारीमा जान अनुरोध गरेका थिए । अर्थात ‘इ’ को अर्थ इजाजत, ‘सी’ को अर्थ सीप तालिम, ‘प्र’ को अर्थ प्रमाण ‘का’ को अर्थ कागजात र ‘स’ को अर्थ सहयोगी निकाय भएकोले यसैलाई अधार बनाएर वैदेशिक रोजगारीमा जान उनले सल्लाह दिएका थिए ।

उनले वैदेशिक रोजगारीमा जाँदा यदि यसप्रकारको तयारी गरेर गएनन् भने विदेश गएर दुःख पाइनेसमेत बताए । यसप्रकारको तयारीविना वैदेशिक रोजगारीमा नजान उनले आग्रहसमेत गरेका थिए । आजकल वैदेशिक रोजगारीमा जाँदा धेरै मानिस ठगिने भएको हुँदा सबै कागजात दुरुस्त गरेरै जान उनले आग्रह गरे ।

कार्यक्रममा उनले बारामा अहिलेसम्म जितपुरसिमरा उपमहानगरपालिका, सिमौनगढ नगरपालिका र बारागढी गाउँपालिकामा ७ सय ३ जना ठगिएको समेत जानकारी गराएका थिए । नेपाल सरकारले बनाएको मापदण्डअनुसार वैदेशिक रोजगारीमा गएकाले कुनै कारणवस मृत्यु भएमा त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिने भएकोले मापदण्ड पूरा गरेर मात्र जान उनले आग्रह गरेका थिए ।

दलित उत्थान केन्द्र बाराका कार्यक्रम संयोजक हरिशंकर रामको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा दलित उत्थान केन्द्र बारा कार्यकारी निर्देशक ओमप्रकाश ठाकुर, कलैया उपमहानगरपालिकाका सामाजिक संस्थाका संयोजक तथा सामी कार्यक्रमका प्रमुख तपसीप्रसाद चौरसिया, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया