रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्नुपूर्व वडा कार्यालयको सिफारिस लिनुपर्ने प्रावधान लागु गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले नगरपालिकाका १० वटा वडा कार्यालयलाई विवाह गर्नुपूर्व वडा कार्यालयको सिफारिस लिनुपर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ बालविवाह न्यूनिकरण गर्ने उदेश्यले फागुन ५ गते सम्पन्न नगरपालिकाको हिउँदे अधिवेशनबाट बालविवाह अन्त्यका लागि घतीन वर्षे रणनीति २०८० पारित भई कार्यान्वयनमा आएकाले सोही अनुसार गर्न गराउन वडा कार्यालयलाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।
रौतहट जिल्लामा देखिएको बालविवाहहको अवस्थामा सुधार ल्याउनको लागि यस्तो व्यवस्था गर्ने चन्द्रपुर पहिलो नगरपालिका बनेको छ ।
चन्द्रपुर नगरपालिकाले बालविवाह अन्त्य गर्नको लागि सञ्चालन गरेको अभियान राम्रो भएकाले अन्य नगरपालिका पनि यस्तो रणनीति लागु गर्नुपर्ने जरुरी देखिएको सरोकारवाला बताउँछन् । विवाह गर्नुअघि सिफारिस गर्नुपर्ने ल्याएको प्रावधानले हदसम्म बालविवाह न्यूनिकरण हुन सक्ने सरोकारवालाहरुको विश्वास छ ।
रौतहट
प्रतिक्रिया