ठोरी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा राज कुशवाहा

पर्सा । पर्साको ठोरी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा राज कुशवाहा आएका छन् । सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कुशवाहा बुुधबार कार्यालयमा हाजिर भएर आफ्नो कार्यभार सम्हालेका छन् ।

उनलाई स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गर्दै परिचयात्मक कार्यक्रम समेत गरेका छन् । बुधबार प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठसहित उपाध्यक्ष गोकुली रेग्मी, वडाध्यक्ष मान बहादुर थिङ, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठलगाएत गाउँपालिका कर्मचारीहरुले स्वागत गरेका थिए ।

सो अवसरमा अधिकृत कुशवाहाले आफू जनताहरुको कामलाई छिटोछरितो सेवा पुर्याउने प्रतिबद्धता जनाएका थिए । उनले जनताहरुको कामकाजका साथै विकास निर्माणलगायतको कामहरु अगाडि बढाउने र जनप्रतिधि तथा कर्मचारीको समन्वयमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

ठोरी गाउँपालिकामा आएका नयाँ प्रमुख प्रसाशकिय अधिकृत कुशवाहा यसभन्दा अगाडि जिल्ला समन्वय समिति पर्सामा कार्यरत थिए ।

प्रतिक्रिया