रौतहट । रौतहटमा चर्को मूल्यवृद्धि हुने सम्भावना देखिएको भन्दै बजार अनुगमन गर्न उपभोक्ताहरुले माग गरेका छन् । हिन्दूहरुको पर्व फागु पूर्णिमा (होली) नजिकिँदै गर्दा चर्को मूल्यवृद्धि हुने भन्दै जिल्लाको मुख्य बजारहरुमा सम्बन्धित निकायले नियमित अनुगमन गर्न उपभोक्ताहरुले माग गरेका हुन् ।
फागु पुर्णिमा नजिाकँदै गर्दा बजारमा आखाद्य वस्तु मिसाएर चर्को मूल्यवृद्धि गर्ने सम्भावना रहेकोले बजारको अनुगमन गर्नुपर्ने उनीहरुको माग छ । फागु पूर्णिमामा व्यवसायीहरुले आफूखुशी मूल्यवृद्धि गर्ने, वजन कम दिने, म्याद सकिएको पेय पदार्थ तथा खाने कुरा विक्रि–वितरण गर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यापारिक क्षेत्र भएको ठाउँका किराना पसल, पान पसल, तरकारी बजार, होटेलको सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने स्थानीय प्रमोद ठाकुरले बताए ।
फागु पूर्णिमा नजिकिँदै गएको बेला बजारमा ग्राहक ठगिने, खाद्य वस्तुमा आखाद्य वस्तुको मिसावटयुक्त खानेकुरा विक्रि–वितरण हुन सक्ने भएकाले नियमितरुपमा अनुगमन गरी मूल्यमा एकरुपता कायम गर्नुपर्ने स्थानीय ठाकुरलगायत धेरैको माग छ ।
जिल्लाको चर्चित बजारको रुपमा रहेको गौर, गरुडा, चन्द्रनिगाहपुर, समनपुर, कटहरिया, गंगा पिपरा, बंकुलमा सञ्चालन रहेको किराना पसल, होटेल, पान पसलको अनुगमन गर्नुपर्ने उनीहरुले माग गरेका हुन् ।
पान पसलमा पाउने चिसोलगायत ड्राइ फुड, होटेलमा खानेकुरा मिठाई, लड्डु धेरै दिनको हुने गरेकाले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले जिल्ला प्रसाशन कार्यालय, रौतहट उद्योग विणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयले समयमै ध्यान दिन स्थानीय उपभोक्ताहरुले माग गरेका हुन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बजार अनुगमनको लागि सम्बन्धित पालिकाको समन्वयमा सरोकारवाला निकाय स्वास्थ्य, शिक्षा, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय संग सहकार्य गरि निरन्तरता दिने बताएका छन् । उनले सर्वसाधारण तथा उपभोक्ताहरुलाई मर्का हुने यस्ता कार्यलाई निरुत्साहित गर्न आफूतत्पर रहेको उहाले बताए ।
रौतहट
प्रतिक्रिया