पालिका कपमा यमुना माई र गौरको जीत

रौतहट । रौतहट जिल्लाको गौर राईस मिलको मैदानमा जारी रहेको पालिका कप क्रिकेट प्रतियोगितामा मंगलवार भएको खेलमा यमुना माई गाउँपालिका र गौर नगरपालिका विजयी भएका छन् । दिनको पहिलो खेलमा यमुना माई गाउँपालिका विजयी भयो । पहिले ब्याटिङ गरेको परोहा नगरपालिकाले निर्धारित २० ओभरको खेलमा १८ ओभर ३ बलमा १० विकेटको क्षतिमा ८२ रनको सामान्य स्कोर खडा गरेको थियो ।

परोहाका एमडी रियाज २२ रन तथा महमद मासूम १४ रनको योगदान दिएका थिए । यमुना माईका रेयान आलम ३ ,ललन मुखिया ३ र रञ्जित मुखियाले २ विकेट लिन सफल भए छ । ८३ रनको लक्ष्य पूरा गर्न आएका यमुना माईले ११ ओभर २ बलमा २ विकेट गुमाउँदै ८५ रन बनायो । यमुना माईका आयन मुखियाले अविजित ३१ , प्रिन्स झाले १७, डब्लू मालिक १७ तथा अरसद आलम ले १५ रन बनाए ।

गौर नगरपालिकाले ३६ रनले मौलापुर नगर पालिकालाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गौरले शनि साह १०७ रनको सतकीय योगदानमा २० ओभरमा २ विकेटको क्षतिमा १ सय ६० रनको स्कोर खडा गरेको थियो । गौरबाट राज पटेल १७ रन , रबी साह २१ रन बनाएर आउट भएका थिए । गौर नगरपालिकाले दिएको १६१ रनको लक्ष्य पूरा गर्न उत्रेका मौलापुरले २० ओभरमा १२४ रनमा सीमित भएको हो । जारी पालिका कपमा जिल्ला १८ वटै पालिकाका टिमहरू प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया