सिटी स्टार होटलमा एक युवतीको मृत्यु, दुई युवक फरार

जनकपुरधाम । जनकपुरधामको सिटी स्टार फेमली होटेलमा बेहोस अवस्थमा भेटिएकी पोखराकी एक युवतीको मृत्यु भएको छ । रामानन्दचोकमा रहेको सिटी स्टार फेमली होटलको एक कोठामा मंगलवार बिहान पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस भेटिएकी थिइन् । उनलाई उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएकोमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

युवतीसँगै होटेलमा बसेका दुई युवक फरार भएका छन् । मृतक युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । फरार दुई युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया