वीरगञ्ज । आज सोमबारकादिन वीरगञ्ज महानगरपालिका– १० मा दोस्रो वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा सगरमाथालाई हराउँदै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार (आज) भएको चौथो दिनको खेलमा बागमती र सगरमाथाबीच मैत्रीपूर्ण खेल प्रतियोगिता भएको थियो । १६ ओभरको खेलमा सगरमाथाले १३० रनको लक्ष्य दिँदै ७ विकेट गएको थियो । जसमा बागमतीले १५ ओभर १ बलमा १३० रनमा ४ विकेट गएको थियो भने आजको खेलको मेन अफ द मेच सौरभ गुप्ता भएका थिए ।
त्यस्तै दोश्रो राउण्डमा लुम्बिनीलाई हराउँदै कोशी सेमिफाइनलमा प्रवेश गरेको छ । जसमा कोसी ८ ओभरमा १२८ रन र लुम्बिनीले १० ओभरमा ४७ रनको अन्ताले ८१ रनले कोशीले जित हात पारी सेमिफाइनलमा प्रवेश गरेको हो । जसको मेन अफद मेचमा प्रिन्स गुप्ता भएका थिए ।
आजको खेलको अध्यक्षता गरेका वडाध्यक्ष सुसिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढीभन्दा बढी युवाहरुलाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।
युवाहरुलाई खेलप्रति रुची बढाउनका साथै स्वास्थ्य रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिलेको आधुनिक जमानामा पढाइका साथसाथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका खेलिरहेको उनले बताए ।
प्रतिक्रिया