पर्सामा गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ चण्डालचोकस्थित सडकखण्डमा सशस्त्र प्रहरी बल नेपाल बिओपी ड्राइपोर्ट र जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त चेकिङ टोलीले ती युवकलाई पक्राउ गरेको हो ।

विश्रामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १३ प ६५९५ नम्बरको मोटरसाइकललाई रोकेर जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– १६ फुलबारी टोल बस्ने वर्ष ४५ का इसलाम मियाँको खानतलासी गर्दा कालो रङको प्लाष्टिकको झोलामा १ किलो ८०० ग्राम सेतो टेपले बेरी आफ्नो शरीरमा लुकाइछिपाई राखिएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उक्त ना १३ प ६५९५ नम्बरको मोटसाइकलसहित बरामद भएको गाँजा र निज ईसलाम मियाँलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ उनीविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया