महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्तिबजार प्रहरीचौकीका असई शर्मा प्रसाद यादव र हवल्दार मन्जित कुमार झा २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
गोप्य सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई गौशाला–१२ स्थित गौरीटोल नजिक पूर्व उत्तरपट्टी मुसहर बस्ती जाने बाटोमा उभिइरहेको अवस्थामा चेकजाँच गर्दा हवलदार मन्जित कुमार झाको गोजीबाट २० हजार रकम फेला परेपछि पक्राउ गरेको अख्तियारको कार्यालयले जनाएको छ ।
जग्गाको भोग चलनसम्बन्धी विवाद मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग लिएको २० हजार घुस रकमसहित पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको अख्तियारका कार्यालय बर्दिवासले जनाएको छ ।
महाेत्तरी
प्रतिक्रिया