सिन्धुलीबाट हतकडीसहित फरार एकजना हरिवनबाट पक्राउ

लालबन्दी । सिन्धुलीबाट हतकडीसहित फरार लागुऔषध गाँजा कारोबारमा संलग्न एक व्यक्तिलाई सोमबार दिउँसो हरिवन प्रहरीले पक्राउ गरेको छ । यहीं फागुन १२ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यामनचुलीबाट सर्लाहीको हरिवन २ अत्रौलीतर्फ आउँदै गरेको समयमा ना ४४ प ६०२९ नम्बरको मोटरसाईकलमा सवार बर्ष ४० का कृष्णबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको थियो ।

चामलको बोरामा २० किलो गाँजा लुकाएर ल्याउँदै गरेको सुचना पाएको प्रहरीले हतकडी लगाएर नियन्त्रणमा लिने क्रममा योञ्जन भिरबाट हाम फालेर फरार भएका थिए । सर्लाहीको साबिक सासापुर ६ घर भएका योञ्जन पछिल्लो समय हरिहरपुरगढी गाउँपालिका ७ मा बस्दै आएका थिए । उनलाई बिशेष सुचनाको आधारमा हरिवन बजारबाट पक्राउ गरि आवश्यक कारवाहिका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख, प्रहरी निरिक्षक अनिलराज गीरीले जानकारी दिए ।

प्रतिक्रिया