बारामा चर्को अवाजमा डिजे बजाउने व्यक्ति पक्राउ

बारा । बारा प्रहरीले केही दिन पहिला चर्को आवाजमा डिजे बजाउनेलाई पक्राउ गरेर कारवाही गर्ने सूचना निकालेको थियो । सोही सूचनालाई कार्यनयन गर्दै बारा प्रहरीले चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूूषण गर्ने एक जना व्यक्तिसहित डिजे र गाडी नियन्त्रणमा लिएको छ ।

चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूषण गरिरहेको बेला जिल्लाको सदरमुकाम कलैयाबाट एक जना व्यक्तिलाई पक्राउउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ९ बस्ने वर्ष ३० को मनौवर मिया रहेका छन् । प्रहरीले नेपाल सुनिल बैण्ड कलैया बाराको बैण्डसहित पिकअप समेत नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया