कुस्ती खेल मधेस र मधेसीको पहिचान हो : अध्यक्ष गुप्ता

पर्सा । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले कुस्ती खेल मधेस र मधेसीको पहिचान भएको बताएका छन् । सोमबार पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा आयोजना भएको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

श्री माहाशिवरात्री मेला समिति छिपहरमाई गाउँपालिका– ५ भिस्वाले आयोजना गरेको कुस्ती प्रतियोगिताका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष गुप्ताले उद्घाटन गरेका थिए । सो अवसरमा उनले भने, ‘कुस्ती प्रतियोगिताबाट देश र समाजको नाम चिनाउनको साँथै शारीरिक र मस्तिष्कको विकास हुने गर्छ, कुस्ती खेबाट स्फुर्ती र निरोगी भइन्छ ।’ कुस्ती खेलमाथि सरकारको कुनै ध्यान नरहेकाले लोप हुने अवस्था देखिएको उनले बताए ।

छिपहरमाई गाउँपालिका– ५ भिस्वाका मेला समिति अध्यक्ष सुगरिम साह कानुको अध्यक्षता भएको कुस्ती खेल प्रतियोगितामा नेपाली कांग्रेसका जिल्ला प्रवक्ता रमेश पाण्डेय, कांग्रेसका जिल्ला समन्वय समिति सदस्य बिजय प्रसाद पटेल, जिल्ला सचिव नविन सिंह, समसुलहक मिया, छिपहरमाई गाउँपालिकाका उपाध्यक्ष लिलावती देवी कानुका प्रतिनिधि किशोरी साह कानु, दङ्गल सभापति वडा अध्यक्ष– ५ भिस्वाका मौजिलाल साह कानु वडा अध्यक्ष कामेशवर यादव, मौजिलाल साह कानु वडा अध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार, दिपेन्द्र कुमार सिंह, रामेश्वर प्रसाद महतो, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश प्र. कलवार, राजबली यादव, बिनोद साह कानु, विश्वनाथ साह कानु, समाजसेवी मनोज पटेल, मेला समितिका अध्यक्ष सुग्रमी साह कानु, सचिव शिवु साह र नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको उपस्थिती रहेको थियो ।

कुस्ती खेल प्रतियोगितामा नेपाल–भारतका सयौँको संख्यामा महिला पुरुष पहलवानहरुले भाग लिएका छन् । प्रतियोगितामा बसन्त थापा–नेपाल, देवा थापा– नेपाल, गुजर घोडा– राजस्थान भारत, काला चिता– मध्य प्रदेश भारत, लक्ष्मण पहलवान, नरेश पहलवान महिला पहलवानलगायतले भाग लिएको मेला कुस्ती कोच अशोक यादवले बताए ।

प्रतिक्रिया