वीरगञ्ज । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मैत्री पुलमा राखेको पोष्ट हटाएको छ । वीरगञ्ज र रक्सौलको दश गजामा रहको मैत्री पुलमा राखेको एसएसबी पोष्ट एसएसबीले पोस्ट फिर्ता लिने निर्णय गरेको हो ।
मैत्री पुल रक्सौलमा रहेको एसएसबी पोष्टका कारण पुल साँघुरो बन्दै गएकाले नेपाली जनतालाई समस्या भएको हुँदा त्यस ठाउँबाट पोष्ट हटाइएको एसएसबीका इन्सपेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै एसएसबीले उक्त पोष्ट फिर्ता लिएको इन्सपेक्टर शर्माले बताए ।नेपाल र भारतबीचको रोटी–बेटीको पुरानो सम्बन्धलाई महत्व दिँदै एसएसबी पोष्ट हटाइएको र यदि आवश्यक पर्यो भने एसएसबी ड्युटी पोष्ट फेरि फिर्ता ल्याउन सकिने इन्स्पेक्टर शर्माले बताए ।
प्रतिक्रिया