चर्चा बटुल्दै बालगायिका प्रिती बिक र आरसी विश्वकर्माको ‘मेरो बाबा’

काठमाडौं । बालगायिका प्रिती बिक र आरसी विश्वकर्माको युगल आवाजमा ‘मेरो बाबा’ नामक गीतको भिडियो बजारमा आएको छ । उक्त गीतको भिडियो केही दिनअघी एचडी क्रियशन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक भएको केही दिनमा नै ४ लाख भन्दा बढी दर्शकहरुले यस गीतलाई नियालेका छन् । गीतमा गायक आरसी विश्वकर्माकै शब्द र संगीत रहेको छ भने एरेञ्जर समित परियारले एरेञ्ज तथा मिक्सिङ गरेका हुन् ।

त्यसैगरी गीतको भिडियोमा शोभित विश्वकर्माले निर्देशन रहेको छ भने याम हर्मेलको छायांकन र रबिन बिकको सम्पादन रहेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीतको भिडियोलाई साढे चार लाखभन्दा धेरै पटक युट्युबमा हेरिएको छ ।

गीतको शब्दमा आफ्ना ससाना छोराछोरीले जन्म दिने बुवाको अभाव दर्शाइएको गायक विश्वकर्माले बताए । साथै उनले पछिल्लो समय बाल कलाकारहरुको आगमन बढ्दो भएकाले यस गीतकी बाल गायिका प्रिती बिकलाई पनि प्राथमिकता दिएको सुनाए ।

प्रतिक्रिया