अखिल नेपाल किसान महासंघ पाँचथरको अध्यक्षमा चापागाईं

पाँचथर । अखिल नेपाल किसान महासंघ पाँचथर जिल्लाको चौथो अधिवेशनबाट युवा सुमन चापागाईं अध्यक्ष चयन भएका छन् । चापागाईंको नेतृत्वमा महासंघको नयाँ २५ सदस्य बनेको हो ।

अध्यक्ष चापागाईंसहित उपाध्यक्षमा बहादुर सिंह नेम्वाङ, सचिवमा उमेश तिम्सिना र कोषाध्यक्षमा विमला भण्डारी सर्वसहमतिले चयन भएको निवर्तमान अध्यक्ष महेन्द्र लुइटेलले जानकारी दिए ।

उक्त अधिवेशनमा बोल्दै केन्द्रीय उपाध्यक्ष वेनुव सिवाकोटीले किसान महासंघले स्थानीय सरकारलाई आफ्नो समस्या समाधान गर्नका लागि अधिकार लिन आन्दोलन गर्न जरुरी रहेको बताए ।

त्यसैगरी एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले किसान आन्दोलन चलिरहेको ७२ वर्ष भएको र किसानको अवस्था सुधार नभएकाले राज्यले उचित नीति निर्माण गरी किसानको जिवनस्तर उकास्न र व्यवसायी बनाउन पहल गर्नुपर्ने बताए । सो अधिवेशनमा जिल्ला उपसचिव पृथ्वी लावतीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया