सर्लाही । सर्लाहीमा यात्रुवाहक बसले एक पुरुषलाई ठक्कर दिएपछि आक्रोसीत स्थानीयवासीले बसमा आगजनी गरेका छन् ।
जिल्लाको कबिलासी नगरपालिकास्थीत सलेमपुर चोकमा सोमबार दिउँसो ग २ ख १४४० नम्बरको बसले साइकल चलाइरहेका कबिलासी नगरपालिका– १० निवासी सलेमपुरकै जुगल महतोलाई ठक्कर दिँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते महतोको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । महतोलाई बसले ठक्कर दिएपछि आक्रोसीत स्थानीयले बसमा आगो लगाइदिएको प्रहरीको भनाइ छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही
प्रतिक्रिया