पालिका कप क्रिकेट : तेस्रो दिनको पहिलो खेलमा गढिमाई नगरपालिका विजयी

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा जारी पालिका कप क्रिकेट प्रतियोगिताको तेस्रो दिनको भएको पहिलो खेलमा गढिमाई नगरपालिका विजयी भएको छ । प्रतिद्वन्द्वी राजदेवी नगर पालिकालाई ५२ रनले पराजित गर्दै गढिमाई नगरपालिकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेकाे गढिमाई नगरपालिकाले निर्धारीत २० ओभरको खेलमा १० विकेटको क्षतिमा १४५ रनको स्कोर बनाएको थियो । यस प्रतियाेगितामा यो स्कोर अहिलेसम्मको उच्च स्कोर रहेको छ । गढिमाई नगरपालिकाको तर्फबाट दिलिप सहनी ५० बलमा ५२ रन तथा सन्जय कुमार साहले ४० बलमा ४४ रनको व्यक्तिगत योगदान दिए ।

राजदेवी नगर पालिकाको तर्फबाट रितेश यादव ४, सौरव यादव २ र पपु दासले १ विकेट लिन सफल भएको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ । जितको लागि पाएको १४६ रनको लक्ष्य पुरा गर्न जवाफी ब्याटिङ गर्न उत्रेका राजदेवी नगरपालिकाको टीमले १७ ओभर ५ बलमा १० विकेट गुमाउँदै ९५ रन बनाएर ५२ रनले खेल हारेकाे हाे ।

राजदेवीकाे लागि राजन सिंह १७ र अविनाश पटेलले १४ रन बनाएका थिए । फागुन २६ गतेदेखि सुरु भएको पालिका कपमा १८ स्थानीय तहको टीम सहभागी रहेका छन ।

प्रतिक्रिया