सिरहामा बेवारिसे साल र खयर प्रजातिको काठ बरामद

सिरहा । सिरहाको मिर्चैया नगरपालिका– ९ पुलिसपट्टाको चुरे क्षेत्रबाट वन कार्यालयको टोलीद्वारा बेवारिसे साल र खयर प्रजातिको काठ बरामद गरिएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समिति तथा सिरहा जिल्ला समन्वय समिति प्रमुख दिनेशकुमार महतोको नेतृत्वमा डिभिजन वन कार्यालय, सिरहा, लहानकोगस्ती टोलीले मिर्चैया नगरपालिका– ९ पुलिसपट्टाको चुरे वन क्षेत्रबाट अवैधरुपमा ल्याइएको बेवारिसे अवस्थामा रहेको विभिन्न नाप साइजको साल र खयर प्रजातिको ९ थान काठ बरामद गरिएको छ ।

यस विषयमा गोप्य सूचनाको आधारमा गस्तीमा खटिएका जिल्ला समन्वय समिति सिरहाका प्रमुख, डिभिजन वन कार्यालयका अधिकृत राधेश्याम चौधरी, एएफजी जमदार सम्मतलाल चौधरी, जमदार बिहारी यादव, चौहर्वा कमान्डर जमदार योगेन्द्र यादव, सिपाही प्रमोद यादव, हलुका सवारी चालक शिव नारायण मण्डलसहितका टोलीले उक्त काठहरु बरामद गरेको डिभिजन वन कार्यालय लहानका कार्यालय प्रमुख सुजित कुमार झाले जानकारी दिए ।

प्रतिक्रिया