सुवर्णपुर गाउँपालिकाको १२औँ विशेष गाउँसभा सम्पन्न

कलैया । बाराको सुवर्णपुर गाउँपालिकाको १२औँ विशेष गाउँ सम्पन्न भएको छ । गाउँपालिकाको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनमकुमारी २०८०/०८१ को संशोधित बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा उनले बजेटको बारेमा जानकारी गराउँदै विभिन्न बजेटलाई रकमान्तर गरी विकास निर्माणमा कामलाई तीव्रता दिएको जानकारी गराएको थिइन् । उनले बजेटको रकमान्तर गर्दै गाउँपालिकाभरी आजको आधुनिकतालाई मध्य नजर गर्दै इन्टरनेट सेवा निःशुल्क जडान गर्न २२ लाख रुपैयाँ छुट्टाएको जानकारी दिइन् ।

त्यस्तै सभाले शिक्षा क्षेत्रलाई जोड दिँदै नेराआवि सनफुलवा–७ मा विद्यालय भवन निर्माणको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको समेत जानकारी गराइन् । यसैगरी विभिन्न विकास निर्माणमा स–साना बजेट छुट्टाइएको उनले जानकारी गराएको थिइन् ।

गाउँसभाले दलित महिलालाई जागरुक बनाउन अभिमुखीकरण तालिमको व्यवस्तासमेत गरेको छ । गाउँपालिका अध्यक्ष राजेश प्रसादले सभाबाट पारित कार्यक्रम र वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा विभिन्न वक्ताबाट आएको सुझाव र सल्लाहलाई मध्य नजर गर्दै गाउँपालिकालाई समृद्ध बनाउने बताए ।
सभालाई सम्बोधन गर्ने क्रममा उनले योजना बनाउँदा विगतका वर्षजस्तै यसपालि पनि गाउँपालिकाका प्रत्येक सरोकारवाला व्यक्तिसँग सहकार्य गरेर मात्र अगाडि बढ्ने भएकाले सुझाव सल्लाह दिन सबैमा आग्रह गरेका थिए ।

प्रतिक्रिया