‘चुम्मा चपक्कै’ को भिडियो

काठमाडौं । गायक वसन्त थापा र गायिका सुमी पराजुलीको आवाज रहेको गीत ‘चुम्मा चपक्कै’ सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् । गम्भीर र गरिमासँगै कोरसलाई जातीय भेषभुषामा आकर्षक देखिएको छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया