पत्रकार बराइलीको शब्द र भिडियो निर्देशनमा ‘पीडा नभाको मान्छे हुन्न’

काठमाडौं । पत्रकार बराइली ‘अभिव्यक्ति’ को शब्द रचना र उनी आफैँले निर्देशन गरेको ‘पीडा नभाको मान्छे हुन्न’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक पारस गोराल र पछिल्लो समय चर्चामा आएकी नवगायिका अञ्जु विश्वकर्माको स्वर रहेको छ ।

त्यस्तै संगीतकार रमेश बिक्रम रत्नले गीतमा भररेका छन् । युट्युबमार्फत सार्वजनिक उक्त गीतमा संगीत संयोजन, रेकर्डिङ र मिक्सिङ भने रमेश सेञ्चुरीले गरेका हुन् । त्यसैगरी भने मरुभुमी नारायणको छायांकन रहेको गीतको भिडियोमा लोकेश भाटको सम्पादन र विरेन्द्र भाट ‘विपिन’ ले रङ संयोजन गरेका छन् ।

त्यसैगरी गीतको भिडियोमा सुरेन्द्रकुमार दाहाल, मञ्जिता केसी, पारस गोराल, भिमबहादुर पौडेल, कविराज विश्वकर्मा, समित परियार लगायतले अभिनय गरेका छन् । उक्त भिडियो गायक पारस गोरालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको शब्द र भिडियोमार्फत हरेक व्यक्तिको पीडा र बेदनालाई उजागर गर्ने प्रयास गरेर गीत र भिडियो बजारमा ल्याएको पत्रकार पत्रकार बराइली ‘अभिव्यक्ति’ ले बताए ।

प्रतिक्रिया