सञ्चारकर्मी रायमाझी र गायिका रेश्मीको आवाजमा ‘धन कमाउन’

काठमाडौं । सञ्चारकर्मी राजकुमार रायमाझी र गायिका कला रेश्मी महतोको युगल आवाजमा ‘धन कमाउन’ नामक गीतको भिडियो बजारमा आएको छ । उक्त गीतमा सञ्चारकर्मी रायमाझीकै शब्द रहेको छ भने लक्षुप्रकाश मल्लको संगीत तथा एरेञ्ज रहेको छ ।

त्यसैगरी गीतको भिडियोमा सञ्चारकर्मी राजकुमार रायमाझी आफैँले निर्देशन गरेका छन् । मन बहादुर पुनको छायांकन तथा सम्पादन रहेको उक्त गीतको भिडियोमा गायिका कला रेश्मी महतो र सञ्चारकर्मी रायमाझीले नै अभिनय गरेका छन् ।

गीतको भिडियो गायिका कला रेश्मी महतोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द र भिडियोमा गरिबिको मारमा धन कमाउने बाध्यताले विदेश जानुपरेको विषयलाई उठान गरिएको सञ्चारकर्मी रायमाझीले बताए । उनले यसअघि पनि आफ्नै आवाजमा धेरै गीत ल्याइसकेका छन् भने सञ्चार क्षेत्रमा पनि क्रियाशील छन् ।

प्रतिक्रिया