शालीनको घटनालाई अतिरञ्जित गराउने खालका पोष्ट नगर्न अजिरकोटको आग्रह

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले शालीन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित गराउने खालका पोस्टहरू सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

अजिरकोट गाउँपालिका स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी १४ वर्षीया शालीन यही फागुन १२ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले सामाजिक सञ्जालमा घटनालाई अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सदभाव कायम गर्न सबैमा अपिल गरेको हो ।

प्रतिक्रिया