कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु

अर्घाखाँची । कुकुरहरुमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु भएको छ । नगरपालिकाले शनिबारदेखि २२ गतेसम्म भुस्याहा तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सञ्चालन गरेको हो । नगरपालिकाले कुकुरहरुबाट हुने जोखिमलाई मध्यानजर गर्दै शिविर सञ्चालन गरेको जनाएको छ ।

सन्धिखर्क नगरपालिकाले गत बर्षमा पनि कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो । त्यसैलाई नियमितता दिइएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले कुकुरको जीवन रक्षा, कुकुरबाट हुने क्षतिको न्युनिकरणका लागि यो शिविर सञ्चालन गरेको बताए । ‘कुकुरले मानिसलाई तर्साउने, सताउने, टोक्ने गर्छ, खाना नपाउँदा अन्य जनावर माथि आक्रमण गरी आफ्नो आहारा बनाउन्छ, यसले गर्दा ठुलो समस्या आउन्छ,’ उनले भने ‘कुकुरको संख्या दिन प्रति दिन बढ्दैे गएको हुँदा बढ्दो संख्यालाई न्युनिकरणका लागि बन्ध्याकरण जत्तिको राम्रो उपाय अन्य नभएकाले यो शिविर सञ्चालन गरेका हौं ।’

सन्धिखर्क नगरपालिका भित्र रहेका घरपालुवा तथा भुस्याहा करिव २५० कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य रहेको छ । बन्ध्याकरण गर्ने कुकुरको संख्या बृद्धि भएमा शिविरको समय पनि बढाउन सकिने उपप्रमुख मिश्रा आचार्यले बताइन् । उनले कुकुरबाट रेबिज जस्ता प्राण घातक रोग लाग्न सक्ने हुँदा बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविरमा कुकुरलाई खोजी खोजी बन्ध्याकरण तथा भ्याक्सिन दिइने बताइन् ।

सामुदायिक कुकुरमा स्थायी बन्ध्याकरण शिविर कार्यक्रम विश्वब्यापी रुपमा ३० वर्षदेखि संचालन भइरहेको र नेपालमा पनि सन् २०१२ देखि यो कार्यक्रम चलिरहेको पशु चिकित्सक डा. अभिनास क्षेत्रीले जानकारी दिए । क्षेत्रीले सन्धिखर्कमा यस अघिको आवमा करिब ३५० कुकुरको स्थायी बन्ध्याकरण गरेको बताए ।

विश्व स्वास्थ्य संगठनको विश्व रणनितिक योजना अनुसार सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शुन्य पुर्याउने लक्ष्य राखेको छ ।
दिए । क्षेत्रीले सन्धिखर्कमा यस अघिको आवमा करिब ३५० कुकुरको स्थायी बन्ध्याकरण गरेको बताए ।

विश्व स्वास्थ्य संगठनको विश्व रणनितिक योजना अनुसार सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शुन्य पुर्याउने लक्ष्य राखेको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया