आँप खाँदा ख्याल गरौँ

आँपमा भिटामिन ‘बी’, ‘सी’, तथा ‘डी’ पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ । फल प्रायः स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ नै त्यसको साथै यसले केही रोगका लागि अझै फाइदा पुर्याउँछ ।

फलफूल प्रायः मान्छेलाई मनपर्छ । फलफूल मध्ये पनि आँपलाई फलको राजा मानिन्छ । अरू फलफूल जस्तो आँप सधैँ पाइन्न । यसको निश्चित मौसम हुन्छ । गर्मीमा पाइने आँप बजारमा आउन थालेको छ । अब बिस्तारै बजारमा आँप छ्याप्छ्याप्ति देखिन थाल्ने छ । यद्यपि आँप खानुअघि केही कुरा विचार गर्नैपर्ने हुन्छ ।

विज्ञका अनुसार एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्रामको आँपमा ५० देखि ८० क्यालोरी ऊर्जा तथा ४ हजार ५०० आइयु भिटामिन ‘ए’ पाइने बताइन्छ । यसको साथै आँपमा भिटामिन ‘बी’, ‘सी’, तथा ‘डी’ पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ । फल प्रायः स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ नै त्यसको साथै यसले केही रोगका लागि अझै फाइदा पुर्याउँछ ।

०००

आँप खानुको फाइदा

क्यान्सरबाट बचाउँछ : आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउने विज्ञ बताउँछन् ।

आँखाको शक्ति बढाउँछ : आँपमा हुने भिटामिन ‘ए’ र रेटिनोलले आँखाको शक्ति बढाउँछ । यसको सेवन गर्दा आँखाको दृष्टिमा फाइदा पुर्याउने छ ।

फाइबर र भिटामिन ‘सी’ : आँपमा हुने फाइबर र भिटामिन ‘सी’को प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्ने बताइन्छ ।

अल्कालाइनलाई सन्तुलित राख्छ : यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।

पाचन प्रक्रिया राम्रो बनाउँछ : फलफूलमा मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।

रोग प्रतिरोधी : आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन ‘सी’ हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।

एन्टिअक्सिडेन्टयुक्त : आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ ।

प्रजनन क्षमतामा वृद्धि : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्ने विज्ञ बताउँछन् ।

खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ । जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् । त्यसैले आँप खाँदा पाइने यी तŒवका कारण शरीरलाई स्वास्थ्य राख्छ ।

यौन क्षमतामा वृद्धि : आँपमा हुने भिटामिन ‘ई’ले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउँछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।

छालामा चमक : आँप खानाले छालाका लागि निकै राम्रो गर्ने बताइन्छ । यसले छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउँछ । आँपमा हुने भिटामिन ‘ए’ र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।

ब्ल्याकहेड (काला रौँ) आँपले शरीरमा अंगमा भएका काला रौँका अंश हटाउन पनि मद्दत गर्ने बताइन्छ । विज्ञका अनुसार यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले सम्बन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा नउम्रिएका रौँ हटाई अनुहारमा चमक ल्याउँछ ।

एन्टिएजिङ फाइदा : यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउँछ । यसमा भएका भिटाभिन ‘सी’ले डन्डीफोर आउन दिँदैन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेस्ट बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धोएमा यसले अनुहारमा चमक ल्याउने विज्ञ सुझाउँछन् ।

कपालका लागि लाभदायी : भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी मानिन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन ‘ए’ले चाया हटाउँछ र कपालमा चमक ल्याउँछ ।

यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ २–३ तीनपटक खान दिने हो भने पेटको किरा मर्ने बताइन्छ । यस्तै सुक्खा खोकी लागेका बेला पाकेको आँप आगोमा सेकाएर सेलाइसकेपछि बिस्तारै चुस्ने हो भने खोकी निको हुने बताइन्छ ।

आँप फलको मात्रै होइन, यसको पातलाई पनि औषधीयको रूपमा प्रयोग गर्न सकिन्छ । मधुमेहमा आँपको पातलाई छायामा सुकाएर चूर्ण बनाउने र यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्ने बताइन्छ । कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ ।

०००

आँप बच्चादेखि वयस्क र वृद्धवृद्धा सबै जनाको रोजाइमा पर्छ । बजारमा छ्याप्छ्याप्ती पहेँला आँप देखिन थालिसकेका छन् । यी आँप देख्दा जो कोही लोभिन्छन् । तर यसको गुणका साथै यसलाई कहिले र कसरी खाने भन्ने बारेमा पनि हेक्का राख्नुपर्छ । केही आँप हाम्रो स्वास्थ्यका लागि हानिकारक सावित हुन सक्छन् । स्वादको खोजीमा हामी प्रायः गुणस्तरलाई बेवास्ता गर्छौं, जुन शरीरका लागि अत्यन्तै खतरनाक हुन सक्छ ।

बजारमा पाइने, हेर्दा खाउँ खाउँ लाग्ने आँपमा रसायन, विषादी हालिएको पनि हुन सक्छ । खासमा आँपको वास्तविक सिजन असार–साउन हो । तर, बजारमा सिजनभन्दा पहिला नै अहिलेदेखि पहेँला आँप आउन थालिसकेका छन् । समय अगावै आउने आँपलाई रसायन राखेर पकाइएको हुन्छ । त्यस बारेमा भने सचेत हुनुपर्छ ।

समय अगावै बजारमा आउने आँपहरू रूखमा प्राकृतिक रूपमा पाकेका हुँदैनन् । जानकारका अनुसार तिनीहरूलाई क्याल्सियम कार्बाइड जस्ता खतरनाक रसायन प्रयोग गरेर जबरजस्ती पकाइएको हुन्छ । यो रसायनले आँपलाई बाहिरबाट पहेँलो र सुन्दर बनाए पनि भित्र भने विषाक्त हुन्छ । विज्ञहरूले आँप प्राकृतिक हो वा रसायन हालेर पकाइएको हो भन्ने कुरा घरमै पहिचान गर्न केही सजिला तरिकाहरू सुझाएका छन् ।

विषादीरहित आँपको पहिचान

वासनाबाट चिन्ने : प्राकृतिक रूपमा पाकेको आँपमा मीठो वासना हुन्छ । रसायन प्रयोग गरी तयार पारिएको आँपमा कुनै सुगन्ध हुँदैन वा तीखो र रसायनको जस्तो गन्ध हुन्छ ।

रङ : रूखमा पाकेको आँप सबैतिर एकैनासले पहेँलो हुँदैन । यसमा हरियो वा खैरो दागहरू हुन सक्छन् । यदि आँपभरि एकैनासको चम्किलो पहेँलो देखिन्छ भने यो सम्भवतः कृत्रिम रूपमा पकाइएको हुन्छ ।

छोएर थाहा पाउने : रसायन हालेर पकाइएको आँप प्रायः आवश्यकताभन्दा धेरै गिलो वा अत्यधिक नरम हुन्छ । प्राकृतिक रूपमा पाकेको आँप केही कडा हुन्छ ।

स्वाद : प्राकृतिक रूपमा पाक्न दिइएको आँपको स्वाद विशिष्ट हुन्छ, तर रसायन प्रयोग गरिएको आँप खाँदा मुखमा जलन हुन सक्छ ।

आँप पकाउन प्रयोग हुने क्याल्सियम कार्बाइड एक विषाक्त पदार्थ हो । आँप पकाउन प्रयोग गर्दा यसको अवशेष फलको बाहिरी तहमा टाँसिएर बसेको हुन्छ । यसको सेवनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
त्यस्तो आँप खाँदा फाइदाभन्दा नोक्सानी बढी हुन्छ । त्यस्तो आँप खाएमा ग्यास, एसिडिटी, पखाला र बान्ता लाग्न सक्छ । यस्तै टाउको दुख्ने र चक्कर लाग्ने हुन्छ । रसायनहरूको प्रभावले स्नायुसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । यस्तै लामो समयसम्म यस्ता फलफूल खाँदा कलेजोमा प्रत्यक्ष असर पर्न सक्छ । त्यस्ता आँपले बच्चाहरूको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । त्यसैले यस्तो आँप बच्चाहरूका लागि अझ खतरनाक हुन्छ ।

०००

आँप खाऔँ, तर सोचेर विचार गरेर मात्र !

आँपमा उच्च मात्रामा भिटामिन ‘सी’ हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ ।

डा. उमा कोइराला, पोषणविद्

आँपलाई फलफूलको राजा भनिन्छ । अब आँप खाने सिजन पनि आउँदै छ । तर, केही समय अगाडिदेखि नै बजारमा आँप आएको छ । हेर्दा खाउँ खाउँ लाग्ने राम्रो, पहेँला आँप अहिले बजारमा छ । तर, हामीले त्यस्तो आँप खानु हुँदैन । आँप स्वादिलो मात्रै होइन, धेरै गुण भएको फल पनि हो । तर, यसलाइै खान भनेर सिजन र त्यसको गुण हेर्नै पर्छ ।
अहिले बजारमा आएको आँप बेला भएर पाकेको होइन् । त्यसमा रसायन, विषादी हालिएको हुन्छ । खासमा आँपको वास्तविक सिजन असार–साउन हो । तर, बजारमा समयमा भन्दा पहिला नै अहिलेदेखि पहेँला आँप आउन थालिसकेका छन् । समय अगावै आउने आँपलाई रसायन राखेर पकाइएको हुन्छ । त्यस बारेमा भने सचेत हुनुपर्छ । यसले हाम्रो स्वास्थ्यमा असर पुर्याउँछ ।

आँप स्वास्थ्यका लागि असाध्यै लाभदायक छ । काँचोको अचार बनाएर पनि खाइन्छ । यो शरिरको लागि निकै लाभदायक छ । यसमा विभिन्न किसिमका क्यालोरी, भिटामिन पाइन्छ । आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ ।

यस्तै आँपमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउँछ । यसैगरी आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्ने बताइन्छ । पछिल्लो समय वैज्ञानिकहरुले आँप मधुमेहको बिरामीका लागि पनि लाभदायक हुने बताएका छन् । शरीरमा भएको पोषण तत्वलाई यसले बचाउने काम गर्छ ।

आँपले पाचन शक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ । आँपमा उच्च मात्रामा भिटामिन ‘सी’ हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ ।

आँप खानाले छालाका लागि निकै राम्रो गर्ने बताइन्छ । यसले छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउँछ । आँपमा हुने भिटामिन ‘ए’ र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ । मधुमेहजस्ता केही रोगका बिरामीबाहेक अरूले आँप धेरै खाएर असर गर्ने भन्ने हुँदैन यो जति खाए पनि हुन्छ ।

समय अगावै बजारमा आउने आँपहरू रूखमा प्राकृतिक रूपमा पाकेका हुँदैनन् । तिनीहरूलाई क्याल्सियम कार्बाइड जस्ता रसायन प्रयोग गरेर जबरजस्ती पकाइएको हुन्छ । यो रसायनले आँपलाई बाहिरबाट पहेँलो र सुन्दर बनाए पनि भित्र भने विषाक्त हुन्छ । प्राकृतिक रूपमा पाकेको आँपमा मिठो वासना हुन्छ । रसायन प्रयोग गरी तयार पारिएको आँपमा कुनै सुगन्ध हुँदैन वा तिखो र रसायनको जस्तो गन्ध हुन्छ । त्यस बारेमा भने सचेत हुनपर्छ ।

आँप राम्रो मौसमी फल हो । यो ढुक्कले खान हुन्छ । अझ, किन्दा आकर्षक देखिने पहेँला ठुलाभन्दा बोक्रा हरियो भएको भित्र पहेँलो भएको राम्रो हुन्छ । बोक्रा चाउँरी परेको आँप अझ स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसैले अहिले बजारमा पाइने आँप खाने बेला भएको छैन । बजारमा चैतदेखि नै आँप देखिने गरेको छ । यसमा बुझ्नुपर्ने के हो भने, चैतमा आँप पाक्दैन । त्यस बारेमा भने बुझ्नु पर्छ । आँप प्रशस्त मात्रामा खाऔँ, यसले हाम्रो स्वास्थ्यका साथै पोषण राम्रो बनाउँछ । तर, सोच विचार गरेर खाउँ ।

प्रतिक्रिया