करिब १२ लाख नगद र ३५ तोला सुन चोरी गर्ने व्यक्ति पक्राउ

पर्वत । कुश्मा र फलेवास नगरपालिकालगायतका ठाउँमा शृङ्खलावद्ध रुपमा चोरी गर्ने एक जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

रोल्पा जिल्ला रोल्पा नगरपालिका– १ का ३३ वर्षीय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पक्राउ परेका व्यक्तिबाट नगद ११ लाख १५ हजार ४ सय ८५ रुपैयाँ र ३५ तोला ७२ लाल सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

पक्राउ गरिएका व्यक्तिको थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए । पक्राउ परेका अभियुक्तने आफू‌ मात्र घटनामा संलग्न रहेको बताएको र अरुको पनि संलग्न रहन सक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।

प्रतिक्रिया