फागुन । यस वर्षको रारा राष्ट्रिय म्युजिक अर्वाड मुगुका जयसिहं कुमाईले हात पारेका छन् । भाषाभाषीसहति यस वर्षको सर्वोत्कृष्ट रारा राष्ट्रिय म्युजिक अर्वाड २०८० कुमाईले हात पारेका हुन् ।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहबीच कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेबाट भाषाभाषीसहति यस वर्षको उक्त सर्वोत्कृष्ट अर्वाडको सम्मान ग्रहण गर्दै गायक कुमाईले जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताए ।
विकट मुगु जिल्लामा जन्मिएर कला क्षेत्रलाई अंगालेका कुमाईले दर्जनौँ गीत रेकर्ड गरेका छन् । विभिन्न समस्यासँग झेल्दै भाषाभाषीसहति यस वर्षको सर्वोत्कृष्ट रारा राष्ट्रिय म्युजिक अर्वाड २०८० बाट सम्मानित हुँदा आफू खुशी भएको कुमाईले बताए । उनको ‘फर्क प्यारी’ बोलको देउडा गीत पछिल्लो समय चर्चामा छ ।
सो रारा राष्ट्रिय म्युजिक अर्वाड २०८० को मनोनयमा गायक कुमाईले ‘फर्क प्यारी’ बोलको गीत मनोनयमा दर्ता गरेका थिए । पाँच जना प्रतिष्पर्धिको गीतलाई उछिन्दै सबैभन्दा बढी भोट प्राप्त गरेर मुगुका गायक कुमाईको उक्त गीत भाषाभाषीसहति सर्वोत्कृष्ट भएको हो ।
सम्रग कर्णाली र मुगुलाई पटक–पटक देउडा गीतमार्फत चिनाउन सफल भएका गायक जयसिहं गरिब घरपरिवारमा जन्मिएर पनि कला क्षेत्रको सम्मान गर्दै दर्जनौँ गीत रेकर्ड गरेका छन् । मुगुमा धेरै गायक भए पनि सिहं रारा राष्ट्रिय म्युजिक अर्वाड हात पर्ने मुगुको पहिलो गायक हुन् ।
मुगु
प्रतिक्रिया