म ७१ वटा विद्यालयको अभिभावक हुँ : नगरप्रमुख साह

बारा । कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले आफू उपमहानगरपालिका भित्रको ७१ वटा सामुदायिक विद्यालयको अभिभावक भएको बताएका छ्न् ।

शुक्रबार बाराको कलैयास्थित ब्राइट लान्ड इङ्गलिस बोर्डिङ स्कुलको २२औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दै उनले आफू ती विद्यालयको अभिभावक बताएका हुन् ।

उनले आफू सम्पूर्ण विद्यालयको अभिभावक भएता पनि ती विद्यालयहरुलाई जुन गतिमा सुधार गर्नुपर्ने हो त्यस किसिमको सुधार गर्न नसक्दा निराश भएको दुखेसो पोखे । निजी विद्यालय र सामुदायिक विद्यालय बिचको भिन्नता दर्साउदै उनले सामुदायिक विद्यालयको सुधारका निम्ति सम्पूर्ण अभिभावक, शिक्षक र सरोकारवालाहरुलाई त्यही मन्चबाट आव्हान गरे ।

आफू जहिले पनि विद्यालय सुधारका निम्ति पालिकाभरका सम्पूर्ण विद्यालयलाई अग्र पंक्तिमा ल्याउन पहल गरिरहेको र एक–दुई वर्षमा उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयलाई नमुना र उत्कृष्ट विद्यालय बनाउन सबैको साथ र सहयोगको लागि आफू त्यार रहेको उहाले बताएका थिए ।

ब्राइट लान्ड इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक रामधारी प्रसाद यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा गोपाल सेवा समिति बाराका अध्यक्ष जंग बहादुर प्रसाद यादव, ओम शान्ति कलैयाका सुष्मा बहन, नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष राम प्रसाद साह, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, शिक्षा शाखा प्रमुख पह्लाद वर्नवाल लगाएतकाले विद्यालयको उन्नति र प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रम सञ्चालन मनोज यादवले गरेका थिए । उक्त कार्यक्रममा विद्यालयमा विभिन्न विधामा उत्कृष्ट गरेका विद्यार्थीहरूलाई विद्यालय परिवारले पुरष्कृत गरेका थिए ।

प्रतिक्रिया