बारा । बाराको करैयामाइ गाउँपालिकाले गाउँपालिका भरीमा यही फागुन २० गते देखि २४ गतेसम्म ८ हजार ४ सय ४५ बालबालिकालाई दादुरा रूवेला बिरोधको खोप अभियान सञ्चालन गर्ने भएको छ । करैयामाइ गाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित दादुरा रूवेला खोप अभियान २०८०/८१ सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उक्त अभियान बारे जानकारी दिइएको हो ।
उक्त कार्यक्रममा सहजीकरण गर्दै करैयामाइ गाउँपालिकाका स्वास्थ शाखाका प्रमुख अरबिन्द कुमार गुप्ताले दादुरा रूवेला रोग बिरूद्वको खोप लगाइने बताए । उनले गाउँपालिकाको वाड न १ मा ९६२ जना , वडा न. २ मा ५६४ जना , वडा न. ३ मा ८५६ जना , वडा न. ४ मा ७८४, वडा न. ५ मा ११५६ जना , वडा न. ६ मा ८५३ जना , वडा न. ७ मा १९२२ जना र वडा न. ८ मा १३४७ जना गरी कुल ८४४५ जना बालबालिकालाई खोप लगाउन लागिएको जानकारी दिए । नौ महिना देखि १५ बर्षसम्मका बालबालिकालाई उक्त खोप लगाइने उनले बताए ।
उनले निजी विद्यालय र सामुदायिक विद्यालयसहित विभिन्न खोप केन्द्रको माध्यमबाट उक्त खोप अभियान सन्चालन गर्ने उनले बताएका थिए । करैयामाइ गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुष आचार्य, वडा न. २ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी, वडा न. ८ का वडा अध्यक्ष दिनेश चौधरी, वडा न. ६ का वडाध्यक्ष राजकुमार चौधरी, शिक्षा शाखाका उमेश यादव लगायतकाले अभियान सफल बनाउन प्रतिबद्धता सहित आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया