बालासुन्दरी खबर राष्ट्रिय सप्ताहिक पत्रिकाको विमोचन

सिरहा । जय माता दि मिडिया हाउस प्रालि भगवानपुर गाउँपाालिका– ३ द्वारा सञ्चालित बालासुन्दरी खबर डटकम तथा बालासुन्दरी खबर सप्ताहिक पत्रिकाको विमोचन कार्यक्रम सम्पन्न भएको छ । विमोचन कार्यक्रम प्राथमिक स्वास्थय केन्द्र भगवानपुरको सभा हलमा समापन भएको हो ।

सोमबार सम्पन्न भएको विमोचन कार्यक्रममा विशिष्ट अतिथि पत्रकार माहासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादवले बधाई तथा शुभकमना दिँदै भने, ‘जुन ठाउँबाट यो प्रकाशित भइरहेको छ, पत्रिका यस ठाउँमा पत्रकारिताको सवालमा धैरे विकृति फैलिएको छ, यहाँ पत्रकारिता भनेको के हो थाहा छैन, पत्रकारको नाम पत्रकारिताको साख डुबाउनेहरुको कारण याहाँ वास्तविक पत्रकारलाई आफ्नौ पहिचान भन्न लाज लाग्दै गरेको अवस्था सिर्जना भएको छ ।’

उनले थपे, ‘जय माता दि मिडिया हाउस प्रालिले अगाडि बढीरहोस् र पीडितको पक्षमा निर्धक्करुपमा कलम चलाउन कुनै कसर नछोडौँ ।’ कार्यक्रममा पत्रकारितालाई बचाउन अब सरोकारवाला निकायले पनि चासो देखाउन जरुरी रहेको प्रमुख अतिथि आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवलाई आर्गह समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले भने, ‘वास्तवमा पत्रकारिता पेशा मर्यादीत र जिमेम्वार हुनुपर्छ भन्ने हामी चाहान्छौँ, यो कुरा हामीलाई अहिले पनि आत्माबोध अनुभूती हुँदै छ, पत्रकारलाई के गर्नु पर्छ के गर्नु पर्दैन ? पत्रकार साथीहरुले बुझ्नु जरुरी देखिन्छ ।’

विमोचन कार्यक्रममा पत्रकार माहासंघ सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्तालगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया