काठमाडौं । राष्ट्रिय वाणिज्य (राबा) बैंक ले संखुवासभाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजारस्थित २८७ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । न्यायाधीश हरिप्रसाद फुयालले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा न्यायाधीश फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको बर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपुर –३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्व नगर प्रमुख भरतकुमार खत्री, पूर्व गाविस अध्यक्ष ज्ञानबहादरु कार्कीलगायतका व्यक्ति सहभागी रहेका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिंग सेवा रहेको छ ।
प्रतिक्रिया