लागुऔषध गाँजासहित एक जना पक्राउ

रौतहट । रौतहट प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गुजरा नगरपालिका–४ स्थित लालबकैया खोला नजिकबाट प्रहरीको गस्ती टोलीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तथा प्रहरीचौकी हरिनगरबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा जिल्लाको करैयामाई गाउँपालिका–१ हरैयाका ३५ वर्षीय हबीब अन्सारीलाई लागुऔषध चार किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

अन्सारीले बोकेको झोला शंका लागेर प्रहरीको टोलीले चेकजाँच गर्दा सो झोलामा चार किलो गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरमा राखेर थप अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया