बारा प्रहरीद्वारा मिटर ब्याजीसम्बन्धी प्रगति विवरण सार्वजनिक

बारा । जिल्ला प्रहरी कार्यालय बाराले अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बैशाख १७ देखि फाल्गुन १३ गतेसम्म मिटर ब्याजीसम्बन्धी प्रगति विवरण आइतबार सार्वजनिक गरेको हो ।

बैशाख १७ गतेदेखि लिएर माघ मसान्तसम्म बारामा ६७५ वटा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी मुद्दा दर्ता भएको त्यस्तै फागुन १ देखि लिएर १३ गतेसम्म १०४ वटा मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अनुचित लेनदेन(मीटर ब्याज) सम्बन्धी ७७९ वटा मुद्दामा मिलापत्र भएका छन् ।

जसअन्तर्गत अनुचित लेनदेनका क्रममा साहुकहाँ रहेको ८३ कित्ता जमिन फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अनुचित लेनदेन (मीटर ब्याजी) सम्बन्धी समस्या समाधानका लागि २०८० बैशाख १७ गतेदेखी जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्तागरी दुवै पक्षका कुरा सुनुवाई हुँदै आएको थियो ।

प्रतिक्रिया